कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना
कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर २८ गते आयोजित एक कार्यक्रमका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन् । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितीमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाल सरकारको नीति अनुरुप सिमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताए ।
कञ्चनपुर जिल्लाको सदरमुकामदेखि करिब २० किलोमिटरको दूरीमा नेपाल–भारत सीमानाकाभन्दा करिब २ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीले आइतबारबाट दैनिक कार्य सुचारु गरेको छ । सो कार्यक्रममा उक्त नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरुको समेत उपस्थित रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया