धुलिखेल ।
धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा सुरु गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा सुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा सुरु गरेको उनले बताए । यसले सेवाग्राहीको समय बचत हुने उनको भनाइ छ । यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उनले जानकारी दिए ।
नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा सुरु गरेको नगरप्रमुख व्यञ्जुले बताए । सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले सुरु गरेको हो ।
वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ । सेवा प्रारम्भ भएपनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्नेछ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ । नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ । धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सीसीटीभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया