सम्झौताका लागि प्रयास जारी राख्न बेलायत र ईयू सहमत
ब्रेक्जिट व्यापार वार्ता :
लन्डन ।
बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौताको प्रयास जारी राख्ने सहमति भएको छ । बीबीसीका अनुसार आइतबार दुई पक्षका नेताहरु ईयूबाट बेलायतको बहिर्गमनपछि व्यापार सम्झौता गर्न सहमत भएका हुन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लियेनबीच थप प्रयास गर्ने सहमति भएको हो । दुवै नेताले विवादित पक्षको समाधान गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर उनीहरुले ब्रसेल्समै यस्तो पहल थर्ने र अन्तिम समयसम्म पनि सम्झौताको प्रयत्न गर्ने बताएका छन् ।
यो हप्ताको सुरुतिर जोन्सन र लियेनले सम्झौता गर्ने कि नगर्ने निक्र्योल गर्ने समय आइतबारसम्मका लागि तोकेका थिए । तर सम्झौताको हदैसम्म पहल गर्न जोन्सन सहमत भएका हुन् । ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र ईयूबीच पटक पटक छलफल र वार्ता भइसकेको छ । यसका बाबजुद कुनै सहमति भने जुटिसकेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया