सोह्रखुट्टेमा ‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’को शाखा विस्तार
काठमाडौं ।
‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’ले काठमाडौंको सोह्रखुट्टेमा शाखा विस्तार गरेको छ । सन् २०१५ बुटवलबाट सुरु भएको द स्पाइस लन्जले स्थापनाको दुई वर्षपछि काठमाडौंको मीनभवनमा आफ्नो शाखा विस्तार गरेको थियो । विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरेको बेलामा पनि द स्पाइस लन्जले सोह्रखुटेमा आफ्नो शाखा विस्तार गर्न लागेको हो । आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोह्रखुटे नयाँ बजारस्थित यस शाखामा प्रशस्त ठाउँ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिनेछ । यस शाखाको सुरुवात शुक्रबारबाट हुने द स्पाइस लन्जले जनाएको छ ।
पारिवारिक वातावरण एवं राम्रो अनि छिटोछरितो र सुपथ मूल्यमा आफ्नो ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनेत अनि लगावका साथ अगाडि बढदै द स्पाइस लन्जले विगत पाँच वर्षमा आफ्नो रेष्टुरेन्टमा करिब दुई सयभन्दा बढी कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु प्नि सम्पन्न गरिसकेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम विमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरुमाझ निकै प्रसिद्ध भइरहेको युट्युब च्यानल नेप–ग्याजमको स्टाण्डप कमेडीजस्ता कार्यक्रहरु पनि द स्पाइस लन्जमा सुट हुने गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया