राष्ट्रियसभा निर्वाचनको मतदाता दुई हजार ५६ जना
काठमाडौं, पुस १८
राष्ट्रियसभा निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ९ गते हुँदै छ । आयोगका अनुसार सात वटा प्रदेशका पाँच सय ५० जना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ जनासहित दुई हजार ५६ जना मतदाता रहेका छन् ।
ती मतदाताले आ–आफ्नो प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गएर मात्र मतदान गर्न पाउने छन् । निर्वाचन आयोगले प्रदेश नं. १ को लागि मोरङ, प्रदेश नं. २ को लागि धनुषा, प्रदेश नं. ३ को लागि ललितपुर, गण्डकी प्रदेशको लागि कास्की, प्रदेश नं. ५ को लागि दाङ, कर्णाली प्रदेशको लागि सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि डोटीमा निर्वाचन हुने स्थान तोकेको छ । ती सबै प्रदेशका निर्वाचन कार्यालयले बिहीबार मतदाता नामावली सार्वजनिक गरेका हुन् । नामावलीमाथि बिहीबार नै दाबी विरोध सकिएको छ । शुक्रबार बिहान अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया