जनकपुरधाम, पुस १८
भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रह्लादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा घोषणा गरेको एक अर्ब रूपैयाँ सहयोगको लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउन आग्रह गरेका छन् । जानकी मन्दिरमा पूजा गर्न आएका मन्त्री पटेलले जनकपुरधामको विकासका लागि जनकपुरधाम आएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब दिने गरेको घोषणा गरेको स्मरण गराउँदै त्यसका लागि प्रपोजल पठाउन आग्रह गरेका हुन् ।
मन्त्री पटेलले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकीर गरे । जानकी मन्दिर दर्शनपछि स्थानीय पत्रकारजरूसँग संक्षिप्त कुरा गर्दै पटेलले भने, ‘म मेरो परिवारका साथ जनकपुरको पावन भूमिमा आएर माता जानकीको दर्शन गरे मलाई धेरै खुशी लागेको छ ।’ भिजिट नेपाल २०२० को अवसरमा काठमाडौँ आएका पटेलले बिहीबार सपरिवार जनकपुरधामको दर्शन गरेका हुन् । मन्त्री पटेललाई प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गर्दै स्वागत समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्बिर र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया