स्मल वल्र्डमार्फत ई–सेवा मनि ट्रान्सफरको सेवा थप २२ वटा देशहरूबाट सुरु
काठमाडौँ ।
ई–सेवा मनि ट्रान्सफर र ‘स्मलवल्र्ड’बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरूमा रहेका नेपालीहरूले ‘स्मलवल्र्ड’मार्फत नगद तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ई–सेवा मनि ट्रान्सफरका आठ हजारभन्दा एजेन्ट तथा ई–सेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
स्मल वल्र्ड ग्राहकहरूको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स कम्पनी हो जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ । स्मलवल्र्डको विश्वभरि दुुई लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र आठ सयभन्दा बढी दक्ष जनशक्तिद्वारा वार्षिक एक करोड ५० लाखभन्दा वटाभन्दा बढी कारोबार गर्दछ ।
ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु आफुहरूको उद्देश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया