पीबीएस आईटी करियर कन्क्लेभ हुने
काठमाडौं ।
प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिबार र आइतबार ‘पीबीएस आईटी करियर कन्क्लेभ’ हुने भएको छ । अबको १० वर्षमा सञ्चार तथा प्रविधि गर्दा हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ ? इमर्जिङ प्रविधि सँगसँगै हामी कसरी अगाडी बढ्छौँ ? इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशीलताको अवस्था कस्तो रहन्छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर उक्त कार्यक्रम हुने बताइएको छ । पुस २५ र २६ गते हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढी विज्ञहरुले विविध विषयमा आफ्ना धारणा राख्नेछन् । कार्यक्रम विभिन्न ५ सेसनहरु सञ्चालन हुनेछन् ।
कार्यक्रमको पहिलो दिन ‘इमर्जिङ टेक्नोलोजी इन आईटी इन्डष्ट्री’ र ‘इन्नोभेसन एण्ड टेक्नोलोजिकल आन्ट्रप्रेनरसिप’ सेसन सञ्चालन हुनेछ । त्यस्तै सोही दिन नै आईटीमा करियर सम्भावनाबारे पनि प्रश्नोत्तर अर्थात् क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए । त्यसैगरी कार्यक्रमको दोस्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’, ‘आईटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ सेसन सञ्चालन हुने बताइएको छ ।
कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’को रुपमा पनि रहनेछन् । प्रेसिडेन्सियल बिजनेस स्कुलको प्राङ्गणमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथि र पत्रकारहरु प्रत्यक्ष उपस्थित हुनसक्ने व्यवस्था मिलाइएको छ भने अन्य सहभागीले जुममार्फत सहभागी जनाउनुपर्नेछ ।
अन्तर्राष्ट्रियस्तरमा रहेका केही वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसनमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाइनमार्फत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आईटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।
प्रेसिडेन्सियल बिजनेसले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालयसँगको पाटनरसिपमा बिजनेस डिग्रीहरु (बीबीए र एमबीए) सञ्चालन गर्दै आइरहेको छ । प्रेसिडेन्सियल बिजनेसले स्कुलले स्कुल अफ टेक्नोलोजीअन्तर्गत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याचलर (बीएससी आईटी) र मास्टर्समा एमएससी आईटी) प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ ।
व्यावसायिक र समयअनुकूल शिक्षामा जोड दिँदै आएको कलेजले विभिन्न सेमिनार, कन्फ्रेन्सहरु पनि आयोजना गर्दै आइरहेको छ । कलेजले इन्नोभेसन तथा उद्यमशीलताको विकासका लागि कलेजमा इन्नोभेसन सेन्टरको पनि स्थापना गरिएको छ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले मानिसको शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुँदै गइरहेको छ ।
अबको शिक्षा र व्यावसायिक करियरमा पनि सूचना प्रविधि अपरिहार्य बनिरहेको छ । पछिल्लो समय विश्वमा देखिएको कोरोना भाइरसको सन्त्रासले मानिसलाई अझ प्रविधिसँग नजिक बनाइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको प्रकोपका कारण दैनिक जीवन सुचारु गर्न र सहजताको लागि सूचना प्रविधिको प्रयोग र उपयोगितामा व्यापक रुपमा भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया