नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्ब रुपैयाँको साधारण सेयरको बिक्री माघ दुई गतेबाट
काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यही माघ दुई गतेबाट आठ अर्ब रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्नेभएको छ । बैंकले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे आठ अर्ब रुपैयाँबराबरको सार्वजनिक निष्काशन यही आउँदो माघ दुई गतेदेखि माघ छ गतेसम्म बिक्री गर्न लागेको हो ।
सेयर निष्काशनका लागि यसअघि नै बैकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशनसम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ । जम्मा २० अर्ब चुक्ता पुँजी रहेको बैंकको १२ अर्ब संस्थापकहरूबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।
हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरूको हात खालि नहुने अनुमान गरिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तीय संस्था जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरू तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।
बैंकले जारी गर्न लागेको कुुल साधारण सेयरमध्येमा शून्य दशमलव दुई प्रतिशत अर्थात् १६ लाख कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुुनेछ । अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया