काठमाडौ पुस २५
दोलखाको मिलिजुली कालिन्चोक साकोसले सहकारी तथा आर्थिक पत्रकारीताको क्षेत्रमा कलम चलाएको भन्दै राजन बस्नेत आर्थिक पत्रकरीता पुरस्कारबाट सम्मान गरेको छ । मिलिजुली कालिन्चोक साकोसको २८ औं वार्षिक साधरण सभाको अबसरमा आयोजित कार्यक्रममा बस्नेतलाई नगदसहित सम्मान गरिएको हो । साधारणसभाको जिल्ला बचत तथा ऋण सहकारी सस्था दोलखाका अध्यक्ष भुमिराज खड्काले उद्घाटन गरेका थिए ।
सभाले संस्थाका सचीव ठाकुर पाठकले वार्षिक निति तथा कार्यक्रम, कोषअध्यक्ष मनोज श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सर्बसहमत रूपमा पारित भएको थियो । कार्यक्रममा असल ऋणि, असल बचतकर्ता, नियमित बचतकर्ता, असल कर्मचारी, दैनिक उत्कृष्ट बचतकर्ता, स्थापना कालका सदस्य, पुर्ब संचालक, पुर्ब लेखा सुपरीवेक्षक समिति, बाल बचतकर्ता र एसइइमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र एक छात्रालाई नगदसहित सम्मान गरिएको मिलिजुली कालिन्चोक साकोसले जानकारी दिएको छ ।
३१ हजार भन्दा बढि सदस्य रहेको मिलिजुली कालिञ्चोक साकोसको कुल पुँजी १ अरब १६ करोड ४९ लाख १ हजार ४ सय २१ रहेको साकोसका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिए । २०६८ साल बेशाख ८ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) सँग लिखित सम्झौता गरि ९ब्ऋऋग्० ले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भई ८६ वटा सुचाङ्कहरु पुरा गर्दै संस्थाले सन २०१७ को परिक्षणबाट ब्रोन्च ब्राण्ड प्राप्त गर्न सफल भएका थियो । त्यसैगरी उक्त ब्राण्ड पाएपछि साकोसले निरन्तर रुपमा ८६ वटा सुचकहरुलाई थप सुधार गर्दै सन २०१८ को परिक्षणमा १ तह माथिको सिलभर ब्राण्ड प्राप्त गरेको थियो ।
त्यसैगरी सन् २०१९ को परिक्षणबाट सिलभर ब्राण्डलाई निरन्तरता दिन सफल भएको मिलिजुली कालिञ्चोक साकोसले सुशासनका साथ संस्था संचालन भएको २०६९ सालमा राष्ट्रिय सहकारी बैंकबाट मध्यमाञ्चल उत्कृष्ट, २०७१ सालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) बाट नेपाल उत्कृष्ट आर्थिक वर्ष २०७१/०७२, २०७३/०७४ र २०७४/०७५ मा आन्तरिक राजश्व कार्यलयबाट उत्कृष्ट करदाता सम्मान, २०७६ सालमा नेफ्स्कुनबाट एकिकरण कार्यमा नेपाल उत्कृष्ट सम्मानबाट सम्माणित भएको मिलिजुली कालिञ्चोक साकोस देशकै नमूना साकोसको रुपमा स्थापित छ । कार्यक्रम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया