फुडमाण्डुको सेवा पोखरामा ३० प्रतिशत छुट पाइने
काठमाडौं ।
अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा विस्तार गरेको छ । फुडमाण्डुले आफ्नो सेवालाई पहिलोपटक काठमाडौं उपत्यकाभन्दा बाहिर विस्तार गरेको हो ।
कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा विस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो । कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले पोखराबाट सेवा विस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।
नेपालको पहिलो फुड अनलाइन डेलिफरी प्लेटफर्मले पोखराबासीहरुलाई सेवा गर्नका लागि हाल ३० वटाभन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । क्रमबढ रुपमा यो संख्या बढाउँदै लाने मालीले बताए । कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा विस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए । उनले पोखरा नेपालको प्रमुख पर्यटकीय सहर भएको कारण पर्यटकहरुले समेत फुडमाण्डुमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराहरुको आनन्द उठाउनसक्ने बताए ।
कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डुको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार विस्तार गर्न सहज हुने बताए । पोखरामा सेवा विस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट घोषणा गरेको छ । कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया