सीटीसी मलमा ओप्पोको दोस्रो सर्भिस सेन्टर
काठमाडौं, पुस २०
बिक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओप्पोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मलस्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा बिक्री गरिएका ओप्पो फोन्सका लागि उत्कृष्ट बिक्रपछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।
काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा युनिट्स ६०६ र ६०६ ए मा अवस्थित नयाँ सेवा केन्द्रले आइतबारदेखि शुक्रबार बिहानको १० बजेदेखि बेलुकी ६ बजेसम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ । उपभोक्ताको सहजताका लागि कम्पनीले टोल–फ्री नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओप्पो मोबाइलसम्बन्धी आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादनमार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको बिक्री संख्यामा मात्र केन्द्रित नभई तिनको बिक्रीपछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्रमार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया