जनमुखी साकोसको अध्यक्ष र उपाध्यक्ष दाहाल र शर्मा विजयी
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको जनमुखी बचत ऋण सहकारी संस्थाको अध्यक्षमा माधवप्रसाद दाहाल र उपाध्यक्षमा गिताकृष्ण शर्मा निर्वाचित भएका छन् । सहकारीको पूर्वअध्यक्ष समेत रहेका माधवप्रसाद दाहालले एक हजार नौ सय ३० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी संस्थामा निवर्तमान अध्यक्ष सिताराम दाहालले भने नौ सय ३४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै संस्थाको उपाध्यक्षमा निर्वाचित भएका गिताकृष्ण शर्माले एक हजार नौ सय ५३ मत पाएका थिए ।
उपाध्यक्षका अर्का उम्मेदवार शंकर बस्नेतले भने सात सय ७४ मत ल्याए । उपाध्यक्षमा विजयी शर्माले सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख ताराप्रसाद पन्तले जानकारी दिए । त्यसैगरी साबिक काब्रे सदस्यमा एक हजार चार सय ७७ मत ल्याएर राजकुमार दाहाल निर्वाचित भएका छन् भने साबिक नाम्दु सदस्यमा कमलप्रसाद चौलागाईंले एक हजार ९२ मत ल्याएर विजयी भएका छन् । दलित सदस्यमा हजार आठ सय ३१ मत ल्याई गिता भुजेल विजयी भएको मतदान अधिकृत पन्तले जानकारी दिए ।
सहकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । कुल १२ हजार पाँच सय मतदाता रहेको सहकारीमा नयाँ सञ्चालक समिति चयनको लागि तीन हजार एक सय ९२ जना सेयर सदस्यले मात्रै मतदान गरेका थिए । शनिबार बिहान ८ बजेबाट सुरु भएको समितिको निर्वाचन साझ पाँच बजेसम्म चलेको थियोे ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया