काठमाडौं, पुस २२
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा भीष्मराज ढुंगाना नियुुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ढुंगानालाई आगामी चार वर्षीय कार्यकालको लागि अध्यक्ष पदमा नियुुक्त गरेको हो । अर्थशास्त्रमा एमए र बेलायतबाट बिजनेस फाइनान्समा एमबीए गरेका ढुुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुुन् । अध्यक्ष पदमा नियुुक्त हुुनुुअघि ढुंगाना बोर्डकै विज्ञ सदस्य थिए । नेपाल राष्ट्र बैंकमा रहँदा ढुंगानाले विदेशी विनिमय विभागलगायतका महत्वपूर्ण विभागहरुको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि बोर्डको अध्यक्ष पदमा डा. रेवत बहादुर कार्की रहेका थिए । कार्कीको कार्यकाल सकिएलगत्तै बोर्डको अध्यक्ष पदको लागि छनौट समिति गठन गरिएको थियो । उक्त समितिले अध्यक्ष पदको लागि ढुंगानासहित, निरज गिरी र डा. केशव श्रेष्ठको नाम सिफारिस गरेर पठाएको थियो । उक्त नामावलीबाट मन्त्रिपरिषद्ले ढुंगानालाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया