भाइकिङ २२२ मोडलका बस हस्तान्तरण
काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले भाइकिङ २२२ मोडलका बस ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त मोडलका बसहरु ग्राहकलाई हस्तान्तरण गरेको हो ।
कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । भाइकिङ २२२ बसहरु सयभन्दा बढी बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सोमबार डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलोपटक नेपालमा गुड्नेछन् । गाडी लिनेमध्ये एक ग्राहकले यो गाडी यसअगाडि पनि आफूले लिँदै आएको बताए ।
हाल १० वटा भाइकिङ बसहरु आफूसँग रहेको र उक्त बसहरु पूर्व–पश्चिम रुटहरुमा सञ्चालन हुँदै आएको उनको भनाइ थियो । भाइकिङ २२२, रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ, जसले इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।
यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्सन, डाइरेक्ट ड्राइभ, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशील सुवेदीले बताए ।
नेपालमा हरेक लामो दूरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन् । अत्यधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया