काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूमध्ये सरकारी स्वामित्वका बैंकहरूमा निष्क्रिय कर्जा (एनपीएल)को मात्रा अधिक देखिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको तुुलनामा सरकारी स्वामित्वका बैंकहरूमा निष्क्रिय कर्जा बढी देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा निष्क्रिय कर्जा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिँदा कृषि विकास बैंकमा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी दुुई बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ७७ र तीन दशमलव ९१ प्रतिशत रहेको थियो ।
यीबाहेकका एनएएमबी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, प्रभुु बैंक, नेपाल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकसहितका आठवटा बैंकहरूमा भने चालू आवको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्र्जाको अनुपात दुुई दशमलव छ प्रतिशतदेखि दुई दशमलव ८८ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जा अनुपात शून्य दशमलव ९९ प्रतिशतदेखि तीन दशमलव १२ प्रतिशत रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिकमा कुुमारी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र सिद्धार्थ बैंकसहितका १० वटा बैंकहरूमा भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव छदेखि एक दशमलव ९१ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जाको अनुपात शून्य दशमलव १७ देखि दुई दशमलव ६९ प्रतिशतसम्म रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, नबिल बैंक र नेपाल एसबीआईसहितका सातवटा बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात चालू आवको दोस्रो त्रैमासिकमा शून्य दशमलव १९ प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्म कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यसतो कर्जाको अनुपात शून्य दशमलव १६ प्रतिशतदेखि शून्य दशमलव ८८ प्रतिशतसम्म रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया