गन्धर्व जातिको पेशालाई जोगाउन सक्रिय गाइने दाइ !
अर्घाखाँची ।
जिल्लामा गन्धर्व जातिको पेशा लोप हुँदै गएको छ । सूचना प्रविधि र सञ्चारको विकास नहुँदाको समयमा महत्वपूर्ण सूचना दिने गन्धर्वहरुको पेशा अहिलेको बदलिँदो परिवेशमा लोप हुने अवस्थामा पुगेको हो । १० वर्षे द्वन्द्वअघि गाउँ–गाउँमा सारङ्गी रेटेर विरहका गीतलाई खानेकुरासँग साट्दै जीवन चलाउँदै आएका गाइने दाइहरु द्वन्द्वको सुरुवातसँगै कोही सहर पसे भने केहीले पेशा परिवर्तन गरे ।
सत्य घटनालाई गीतको माध्यमबाट गाउँघरमा सबैलाई जानकारी दिन सारङ्गी बजाउँदै हिँड्ने गाइनेदाइहरु भेट्न अहिले मुस्किल परेको छ । यद्यपि यहाँका केही गन्धर्वहरुले भने जसोतसो पुर्ख्यौली पेशालाई बचाइराखेका छन् । सन्धिखर्क नगरपालिका अर्घाका श्याम बहादुर गन्धर्वले आफ्नो पुरानो पेशा जोगाउन गाउँ–गाउँमा संगीतको माध्यमबाट सन्देश दिँदै हिँड्ने गरेका छन् ।
पहिला–पहिला महत्वपूर्ण सूचना दिन गीत गाउने गरेको भए पनि अहिले भने मनोरञ्जनका लागि गीत गाउँदै हिँडेको अर्घाका दिलिप गन्धर्व बताउँछन् । उनी अर्घाखाँची जिल्लाको अधिकांश वडाहरुका सारङ्गी धुनमा गीत गाउँदै रमाउँदै हिँडेका छन् । गन्धर्व संस्कृति पछिल्लो समयमा लोप हुँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।
संस्कृतिलाई लोप हुन नदिने उद्देश्यले अर्घाखाँचीमा मात्र नभई स्याङ्जा, गुल्मी, बाग्लुङ्ग, म्याग्दी पोखरा, नवलपुर, परासीलगायतका जिल्लामा पनि गएर सारङ्गी रेट्ने गरेको श्याम गन्धर्व बताउँछन् । उनको पेशा नै सारङ्गी बजाउँदै गीत गाउँदै गाउँगाउँमा हिँड्ने अनि सारङ्गी बनाएर बिक्री गर्ने हो । ‘जस्तोसुकै संकट आइपरे पनि आफ्नो पेशा छोड्दिन’, उनले भने । २७ वर्षे दिलिप गन्धर्व आफ्नो जातिको पेशालाई संरक्षण गर्नुपर्ने आवश्यकता देखेर नै सारङ्गी रेट्नथालेको बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया