काठमाडौं ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसँग गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले छलफल गरेको छ । छलफलमा संघका अध्यक्ष कुमार पन्तले संघको तर्फबाट तीनवटा प्रस्ताव श्रममन्त्रीसँग पेश गरेका छन् । उनले वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुले जम्मा गरेका रकम उनीहरुका बृहत्तर हितमा प्रयोग गर्नुपर्ने, रोजगार सम्मेलनको आयोजना गर्ने र रोजगारबाट प्राप्त विप्रेषणको वित्तीय संस्थाहरुले प्राप्त गर्ने रकममध्ये एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने प्रस्ताव पेश गरेका हुन् ।
अध्यक्ष पन्तले वैदेशिक रोजगारीमा गएकाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनतम दश अर्बको सामूहिक लगानी र श्रमिक बैंकको अवधारणामाथि समेत प्रकाश पारेका थिए । छलफलमा संघका उपाध्यक्ष डा. बद्री केसीले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डका प्रमुखहरुसँग संयुक्त रुपमा बैठक आयोजना गर्नको लागि समेत अनुरोध गरे ।
उनले सम्मेलनलाई सार्थक बनाउन संघ तथा अन्य निकायहरुसँग वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपको तथ्यांक समेत रहेको औँल्याउँदै वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए । वैदेशिक रोजगारीमा रहेका र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुको राहत तथा उद्धारमा संघले गरेका कामका बारेमा परियोजना प्रबन्धक राजेन्द्र राउतले अवगत गराएका थिए ।
श्रममन्त्री चौधरीले आफू यस क्षेत्रमा नयाँ भएकोले धेरै विषयहरुमा जानकारी लिँदै गरेको र वैदेशिक रोजगारीका क्षेत्रमा संघका सुझावहरु दिनका लागि अनुरोध गरेका थिए । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रक्रिया झन्झटिलो रहेकोले प्रक्रिया सरलीकृत गर्न मन्त्रालय लागेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया