दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का पुष्कर बस्नेतले ४५ रोपनी जग्गा भाडामा लिएर एक वर्षदेखि कृषि व्यवसाय गर्दै आएका छन् । लामो समय इलेक्ट्रोनिक व्यवसाय गरेका बस्नेत व्यापार फस्टाउन नसकेपछि गाउँमै जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्न थालेका हुन् ।
उनले कृषि व्यवसायबाट मोबाइल पसलको भन्दा राम्रो आम्दानी हुने गरेको बताए । २२ लाख रूपैयाँ लगानी गरेर सुरु गरेको व्यवसायबाट अहिले मासिक १५ देखि २० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । बस्नेतले गतवर्ष १६ लाख रूपैयाँ ऋण लिएर कृषि व्यवसायमा हात हालेका थिए । उनले अहिले लगानी बढाएर २२ लाखमा पु-याएको बताए ।
कृषिका क्षेत्रमा सरकारले लगानी गर्दै आए पनि आफूले अहिलेसम्म कुनै अनुदान पाउन नसकेको उनले गुनासो गरे । लामो समय काठमाडौँ र मैनापोखरीमा इलेक्ट्रोनिक मोबाइल पसल गरेका उनी देश संघीयतामा गएपछि बजारमा व्यापार ठप्प भएको भन्दै कृषिमा लागेका हुन् । उनले अहिले कालिञ्चोक कृषि पशुपन्छी तथा माछापालन फर्म दर्ता गरेका छन् ।
उनको फर्ममा अहिले ४५ वटा बाख्रा, तीनवटा भैंसी, छवटा तरकारीका टनेल रहेका छन् । सिजनमा उनको फर्मबाट सयौँ केजी टमाटर उत्पादन गर्दै आएका छन् । त्यसैगरी दैनिक १० लिटर दुध बिक्री गर्नेगरेको उनले सुनाए । काउली, टमाटर, साग, दुध र बाख्रा खसी बिक्रीबाट वार्षिक तीन लाख आम्दानी हुने गरेको उनको भनाइ छ । गाउँपालिका तथा बैंकबाट सहजखालको ऋण अनुदान पाउन सके व्यवसायलाई थप बढाउने योजना रहेको उनले सुनाए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया