१० अर्ब डलर ऋण तिर्ने अवधि १ वर्ष थपाउने तयारीमा अराम्को
दुबई ।
साउदी अरेबियाको ठूलो कच्चा तेल उत्पादक साउदी अराम्कोले बैंकहरुसँग लिएको ऋण तिर्ने अवधि एक वर्ष लम्ब्याउन खोजिरहेको एजेन्सीहरुले जनाएका छन् । गत मे महिनामा कम्पनीले १० अर्ब अमेरिकी डलर ऋण लिएको थियो । तर कोरोना महामारीका कारण कम्पनीको ऋण घटाउने गरी कच्चा तेलको मूल्यले साथ दिएन ।
स्रोतलाई उल्लेख गर्दै रोयटर्सले तयार गरेको रिपोर्टअनुसार ऋण लिएका बैंकहरुसँग अराम्कोले अहिले भित्रभित्रै समय लम्ब्याउन खोजिरहेको हो । तर यो बैंकहरुले लिने निर्णयमा भर पर्नेछ । गत हप्तासम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६६.१३ अमेरिकी डलर थियो । तर गत वर्ष मे महिनामा प्रतिब्यारेले ३० अमेरिकी डलरसम्म झरेको थियो । नोभेम्बरमा अराम्कोले धेरै बैंकहरुसँग ऋणपत्र सम्झौता गर्दै आठ अर्ब डलर उठाएको थियो । गत वर्ष अराम्कोको नाफा समेत घटेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया