ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्विट लिलामीमा
सानफ्रान्सिस्को ।
विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्विट बिक्रीका लागि लिलामीमा राखेका छन् । उनको त्यो पहिलो ट्विटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो । डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्विटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिनेछ ।
सन् २००६ मार्च २१ मा डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्विटर’ अर्थात् ‘भर्खरै मैले ट्विटर खाता खोलेँ’ घोषणा गरेका थिए । गत शुक्रबार डोर्सीले ट्विटका लागि स्थापित अनलाइन बजार भ्यालुएबल्स एट सेन्टमा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।
शनिबार डोर्सीका ट्विट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्विट खरिद गर्न इच्छा देखाएका थिए । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्विट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका थिए ।
डोर्सीको उक्त ट्विट डोर्सी र ट्विटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउनेछन् । आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई ‘नन–फंगिबल टोकेन (एनएफटी)’मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट)को भिडियोले दुई लाख आठ हजार डलर कमाउन सफल भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया