मतपत्र छपाइको लागि मेसिन तयारी राख्न निर्देशन
काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा समग्री केन्द्र संस्थान लिमिटेडलाई मतपत्र छपाइको लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । मंगलबार केन्द्रको निरीक्षण गर्न पुगेका उनले निर्वाचन गर्ने समय आएको भन्दै मतमत्र छाप्ने तयारी थाल्न निर्देशन दिएका हुन् । निर्वाचन आयोगमा रहेका मेसिनहरू पनि तत्काल केन्द्रमा ल्याउने व्यवस्था मिलाउन उनले निर्देशन दिए ।
यस्तै मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिक सत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धित क्षेत्रमा पु-याउन समेत निर्देशन दिए । हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको समाचार आउने गरेको भन्दै उनले यसवर्ष समयमै पाठ्यपुस्तक पु-याउने विषयमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइने छैन ।’ पहिला दुर्गममा पुस्तक पु-याएपछि मात्रै सुगममा पुस्तक पु-याउने व्यवस्था गर्न पनि उनले आग्रह गरे । कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पीआरसी) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न समेत उनले निर्देशन दिए । केन्द्रले कक्षा १ देखि १२ सम्मको पुस्तक छपाइ जिम्मा पाएको छ । केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्मको १ करोड ४७ लाख १३ हजार नौ सय ९९ थान पुस्तक छपाइ गरिसकेको जनाएको छ ।
यस्तै उनले आन्तरिक राजस्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका, सीर्टईभीटीको उत्तरपुस्तिका छपाइको अवस्थाबारे जानकारी लिँदै यस्ता महत्वपूर्ण कामलाई तीव्रता दिन आग्रह गरे । शिक्षा मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया आगामी शैक्षिकसत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गरे । यस्तै संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गरे । उनले केन्द्रले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर थप नयाँ नयाँ काम अघि बढाउने, ऋणमा रहेकाको संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया