सिद्धार्थ बैंकका ग्राहकहरूलाई सम्यक डायग्नोस्टिकमा छुट
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिक प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिक प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोगबापत इन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरू तथा क्यास ब्याक योजनाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया