Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगैँडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी सुरु

गैँडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी सुरु


काठमाडौं ।
गैडाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित गैँडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित मिनि मार्केट तथा हाटबजारमा विद्युतीय भुक्तानी सेवा सुरु भएको छ । एनएमबी बैंक गैँडाकोट शाखाबाट शनिबार मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई विद्युतीय भुक्तानीको लागि क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।

गैँडाकोट नगरपालिका ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी सेवाको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा एनएमबी बैंक गण्डकी प्रदेशका एरिया म्यानेजर अमृतराज बास्तोलाले क्युआर कोडबाट कारोबार गर्दा हुने फाइदा र यसको विकासका लागि नेपाल राष्ट्र बैंकले ल्याएको नीतिको बारेमा जानकारी गराउँदै देशको कुनाकाप्चामा पनि यसबाट कारोबार गर्नका लागि एनएमबी बैंकले पहल गरेको र यसबाट कारोबार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा गैँडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतीय कारोबारले यसलाई कम गर्ने बताए । कार्यक्रममा गैँडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा उपस्थित ३७ वटा पसलका व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया