साओमीले विद्युतीय सवारीसाधनमा १० अर्ब डलर लगानी गर्ने
वेइजिङ ।
चिनियाँ स्मार्टफोन निर्माता साओमीले विद्युतीय सवारीसाधनमा पनि ठूलै लगानी गर्ने भएको छ । बीबीसीका अनुसार आगामी १० वर्षमा कम्पनीले १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो । कम्पनीको उद्देश्य गुणस्तरीय विद्युतीय सवारीसाधन उत्पादन गर्नु रहेको मंगलबार जनाएको छ । यो कम्पनी विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता हो । योभन्दा अगाडि आईफोन निर्माता एप्पल र सामसङ छन् । योसँगै साओमी विद्युतीय कारमा तीव्र प्रतिस्पर्धाको दौडमा रहेका एप्पल र हुवावेसँगको प्रतिस्पर्धामा उत्रिएको छ ।
वाती लगानी साढे एक अर्ब डलर रहने कम्पनीका प्रमुख कार्यकारी लि जुनले बताए । सबै साझेदारसँगको छलफलपछि कम्पनीले यस्तो निर्णय गरेको उनले एक वक्तव्यमा उल्लेख गरेका छन् । कम्पनीले कस्तो मोडलको सवारीसाधन उत्पादन गर्ने भन्नेबारे खुलाएको छैन । चीनमा अहिले नै सयभन्दा धेरै यस्ता कम्पनी छन् । वर्तमान समयमा विद्युतीय कार उत्पादन र बजारमा चीन नै अग्रपंक्तिमा छ ।
अहिले नै चीनमा साढे चार हजार अमेरिकी डलर पर्ने हंगगुआङ मिनी ईभीदेखि नयाँ जिक्र ब्रान्डका उच्चस्तरीय विद्युतीय कारहरु उपलब्ध छन् । चिनियाँ उपभोक्ताको लागि अहिले विदेशी ब्रान्डको पनि उस्तै उपस्थिति बढिरहे्को छ । टेस्लाले यसअघि नै मोडेल वाईको उत्पादन शांघाईस्थित कारखानाबाट उत्पादन थाालिसकेको छ । त्यस्तै फोर्डले पनि मस्टाङ मोडलका कार चीनमा उत्पादन गर्ने योजना बनाएको छ । अन्य चिनियाँ प्रविधि कम्पनीहरु पनि कार उत्पादनमा आकर्षित भइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
- चट्याङ लागेर एकजनाको मृत्यु
- लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्वसभामुख सापकोटा
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया