राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०७८ सालको लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका तर्फबाट कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले हस्ताक्षर गरेका हुुन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्वय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुवै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार नौ सय ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २० करोड ९४ लाख ८२ हजार तीन सय ६५ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब ४७ लाख ९५ हजार सात सय रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख ४१ हजार चार सय ८५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख १८ हजार एक सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ९१ करोड दुई लाख ६२ हजार आठ सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ८० करोड ४४ लाख ६७ हजार एक सय ३६ रुपैयाँ रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा दुई खर्ब ३० अर्ब ९० करोड २६ लाख ३६ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ४६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब छ करोड छ लाख २६ हजार ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ५३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया