एनआईसी एसियाका प्रमुख कार्यकारी न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’
काठमाडौं ।
एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा यही चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच प्रमुख कार्यकारी न्यौपानेलाई विभूषण प्रदान गरिएको हो ।
बैंकका अनुसार सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाइ ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया