काठमाडौं, पुस २८
मनेश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले संस्थाको अध्यक्षमा नरेन्द्र महर्जनलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा सुनिल खड्गी, सचिवमा चन्द्रलाल श्रेष्ठ र कोषाध्यक्षमा गणेशप्रसाद तिमिल्सिना चयन भएका छन् । त्यस्तै सदस्यहरूमा द्वारिकानाथ महर्जन, शान्तकुमार महर्जन, संगीता खड्गी चयन भएका छन् । साधारणसभाले लेखा समिति संयोजकमा विष्णुराज पाण्डे र सदस्यहरूमा रमिता महर्जन र शंकरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । संस्थाको अध्यक्ष माधवकुमार थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू पारित गरेको छ । साथै सभाले आव २०७५/७६ सम्मको आव २०७६/७७को लागि लेखापरीक्षकको समेत नियुक्ति गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया