टीभीएसले पबजी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने
काठमाडौं ।
दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा पबजी मोबाइल च्याम्पियनसिपलाई प्रायोजन गर्न लागेको छ । यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।
पबजी नेपालको जेन जेडमध्ये एक लोकप्रिय खेल हो । यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरुलाई प्रस्तुत गर्दछ । च्याम्पियनसिप रेजिस्ट्रेसन आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । यस गेमका तीन भाग्यशाली विजेताहरुले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड इडिसन स्कुटर जित्ने मौका पाउनेछन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले कम्पनीको लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र यहाँका प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको बताए । यस च्याम्पियनसिपमा छ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरिएको कम्पनीले जनाएको छ । च्याम्पियनसिप ४५ दिनसम्म चल्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया