चौथो संस्करणको कतारी रियाल सटही गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं ।
चौथो संस्करणको कतारी रियाल सटही गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले सन् २०२१ जुलाई १ पश्चात् चलनचल्तीबाट हटाउने निर्णय गरेकोले आपूmसँग भएका त्यस्ता नोटहरु २०७८ वैशाख २७ गतेभित्र प्रचलित व्यवस्थाबमोजिम सटही गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
सटहीको लागि राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न अनुुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेन्जरहरुबाट गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । सो मितिपश्चात् भने त्यस्ता बैंक नोटहरु सटही गर्न यस बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, मनिचेन्जरहरु बाध्य नहुुने समेत राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया