घरजग्गा क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरूको एक खर्ब ७२ अर्ब रुपैयाँ कर्जा
काठमाडौँ ।
बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा कुुल एक खर्ब ७२ अर्ब ३४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल निक्षेप ४३ खर्ब ४५ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३८ खर्ब ५२ अर्ब ६३ करोड ३० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ११ अर्ब ९९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जामध्ये घरजग्गा क्षेत्रमा मात्र प्रवाह भएको वाणिज्य बैंकहरूको कर्जा रकम एक खर्ब ४८ अर्ब नौ करोड ५० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुुसार विकास बैंकहरूले भने घरजग्गा क्षेत्रमा कुुल १७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूले कुल चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्र्रवाह गरेको जानकारी राष्ट्र बैंकले दिएको छ । फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा कुुल एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्र्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कुुल कर्जा रकम भने छ अर्ब ९१ करोड ४० लाख रुपैयाँ रहेको छ ।बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गाबाहेक छुट्टै व्यक्तिगत आवास शीर्षकमा भने दुुई खर्ब ७३ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूले मात्र प्रवाह गरेको कर्जा रकम दुुई खर्ब २५ अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ भने विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेको कुुल कर्जा रकम ३९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरूले पनि व्यक्तिगत आवास शीर्षकमा आठ अर्ब ६४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया