प्लान नेपालद्वारा २४ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं ।
कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहयोग पु-याउने उद्देश्यले प्लान नेपालले २४ लाख बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्लान नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामग्री हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा प्लान नेपालका संयोजक जनक गिरीले प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गरेको सो सामग्री प्रजिअले भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापालाई हस्तान्तरण गरे ।
उपलब्ध गराइएका सामग्रीहरुमा पीपीई पाँच सय ५० सेट, सर्जिकल मास्क, एन९५ मास्क, सेनिटाइजरका बोतल तथा जारहरु, थर्मोमिटर, सर्जिकल ग्लोब्स, फेसशिल्ड, स्प्रे ट्यांक र डिगनीटी किट गरेर २४ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानहरु छन् ।
प्रमुख जिल्ला अधिकारी गेलालले संक्रमित एक्कासि ठूलो संख्यामा बढेकोले समस्या भएको जनाउँदै तर अहिले आएर चारैतिरबाट सहयोग प्राप्त हुनथालेकोले केही राहत महसुस भएको बताए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सञ्चालन गरेको सो कार्यक्रममा प्लान नेपालका संयोजक गिरीले प्लानले कोभिडविरुद्धको अभियानमा गैरसरकारी संस्थासँग मिलेर अस्पताललाई सहयोग गर्दै यो लडाइँमा ऐक्यबद्धता जनाएको बताए ।
सो अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया