अध्ययन भन्छ : वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ
वासिङटन ।
वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।
मुटुसम्बन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् । अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिकामाथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ । बालबालिकासम्बन्धी १४ वटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुले दाबी गरेका छन् ।
अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागिता रहेको थियो । ‘विगतमा भएका अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्वन्ध देखेका छौँ’, अध्ययनका एक जना लेखक तथा लण्डनको किंग्स कलेजका प्राध्यापक याओ लु (पीएचडी)ले भने ।
दुई पक्षको सम्बन्ध प्रस्ट पार्ने धेरै प्रमाण आफूले भेटेको उनले बताए । लामो र छोटो अवधिमा अध्ययन पनि गरिएको थियो । त्यसैगरी बिहान, दिउँसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि विश्लेषण गरिएको छ । अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया