निषेधाज्ञाले लघुवित्तको संस्थाहरूको वित्तीय विवरण प्रकाशनमा ढिलाइ
७६ मध्ये ४५ वटाको वित्तीय विवरण सार्वजनिक नाफा सन्तोषजनक, निष्क्रिय कर्जा न्यून
काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को महामारी नियन्त्रण तथा रोकथामको लागि हालसम्म ५६ वटा जिल्लाहरूमा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरेसँगै यसको प्रत्यक्ष प्रभाव लघुवित्त वित्तीय संस्थाहरूको अपरिष्कृत वित्तीय विवरण प्रकाशनमा पनि परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमासिक सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । तर लघुवित्त संस्थाहरूको वित्तीय विवरण सार्वजनिक हुने क्रम चलिरहँदा सरकारले स्थानीय प्रशासन समेतको समन्वयमा निषेधाज्ञा जारी गरेपश्चात् लघुवित्त वित्तीय संस्थाहरूको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको हो ।
हाल मुलुकभर क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत ७६ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेकोमा हालसम्म ४५ वटा संस्थाहरूले चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो आधारमा अझै ३१ वटा लघुवित्त संस्थाहरूले वित्तीय विवरण सार्वजनिक प्रकाशन गर्न बाँकी रहेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये भने अधिकांशको नाफा सन्तोषजनक देखिएको छ भने निष्क्रिय कर्जाको अनुपात न्यून देखिएको छ । जसमध्ये फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिकमा नौ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ६६ लाख ७१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिकमा आठ अर्ब २७ करोड २२ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जाको अनुपात शून्य देखिएको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा छ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४१ लाख पाँच हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको कालिकाले पछिल्लो अवधिमा एक अर्ब २० करोड ३५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ४६ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा ४२ करोड ७२ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा दुई अर्ब ७६ करोड ६१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ४२ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा तीन करोड २६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९६ लाख ५५ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा ६७ करोड ६१ लाख तीन हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५१ करोड ६४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा सात करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा एक अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा १४ करोड ७५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा एक अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव २६ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
समता लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा छ करोड ६० लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३८ लाख ४५ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २२ करोड ९३ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा ८२ करोड ७० लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ७५ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको अवधिमा १५ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ८९ लाख १० हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा दुई अर्ब चार करोड ३२ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २७ करोड तीन लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा २९ करोड ६५ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ५८ लाख २९ हजार रुपैयाँ थियो ।
चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा दुुई अर्ब ३९ करोड ९० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड पाँच लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ४६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ३३ करोड आठ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा एक अर्ब ७३ करोड ३७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८७ करोड २४ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । स्पर्श लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा तीन करोड ५१ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७९ लाख ६७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ११ करोेड २० लाख २९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा ३० करोड ३१ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड ३१ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ८७ लाख ६७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा दुई अर्ब ४१ करोड ८१ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २१ करोड ७१ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा २१ अर्ब ८२ करोड १७ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ४२ करोड २६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
साधना लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा सात करोड ५८ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा ७७ करोड ८६ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब सात करोड २८ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ६५ लाख ८० हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा ८६ करोड १८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दुई प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यीबाहेक स्वाभिमान लघुवित्त वित्तीय संस्था, सारथि लघुुवित्त वित्तीय संस्था, घरेलुु लघुुवित्त वित्तीय संस्था, आँधीखोला लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था आदिको खुद मुनाफा पनि बढेको छ ।
(स्रोत : सम्बन्धित संस्थाको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया