दोलखा ।
जिल्लाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको भीमसेनको शिलामा शनिबार दिउँसो पसिना आएको छ । एक शिला तीन अवतारको रूपमा चिनिने भीमसेनको शिलामा पछिल्लो तीन वर्षमा लगातार पसिना आइरहेको छ ।
हालसम्म भीमेश्वरको शिलामा आएको पसिना १९औं पटक हो । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । गत वर्ष २०७७ मंसिर ९ गते १८औं पटक र २०७६ फागुन ८ गते १७औं पटक भीमसेनलाई पसिना आएको थियो । २०७७ मंसिरपछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुनसक्ने गुठियारहरूले बताएका छन् । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।
शनिबार मध्यान्ह १२ः१५ बजेदेखि दिउँसो १ः३० बजेसम्म भीमेश्वरको शिलामा पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको बताए । दायाँपट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरूले स्थानीयरूपमा क्षमा पूजा गरेका छन् ।
भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमापूजा गर्ने चलन भए पनि सरकारले लगाएको निषेधाज्ञाको कारण नबजाइएको समितिले जनाएको छ । थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पु-याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमापूजाको लागि पञ्चबली पठाउने चलन रहेको थियो ।
यसअघि २०६२/०६३ को जनआन्दोलनको एक महिना अघि, तत्कालीन राजा वीरेन्द्र वंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भूकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।
अघिपछि भीमसेनलाई पसिना आएको हेर्न सयौँ भक्तजनको भीड लाग्ने गरे पनि यो पटक भने निषेधाज्ञाको कारण भीड कम थियो । भीडभाडले जोखिम सिर्जना गर्ने देखेपछि जिल्ला प्रशासनले मन्दिर परिसरको सुरक्षामा थप कडाइ गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया