काठमाडौं ।
यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुई जनालाई कलंकी र बसपार्कबाट प्रहरीले पक्राउ गरको छ । उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यकाबाहिरका जिल्ला जाने यात्रुहरूसँग बढी भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए । त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीया कृष्ण चौधरीलाई समेत बुधबार प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाएको छ ।
पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरूसँग प्रतिव्यक्ति २५ सयदेखि तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरी हालसम्म प्रहरीले २८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । निषेधाज्ञापश्चात् गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया