काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टरको शुभारम्भ गरेको छ । नयाँ भेरिएन्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौँ’ भन्ने अभियानमाअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
टेलिमेडिसिन सेन्टर
अन कोभिड–१९ आइतबारदेखि नै सञ्चालनमा आएकोे छ । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ भएको थियो ।
उक्त शुभारम्भ कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरस (कोभिड१९) बाट प्रभावित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सबै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
श्रेष्ठले चेम्बरले चेम्बर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाई कोभिड नियन्त्रणसँग सामग्री तथा उपकरणहरु हस्तान्तरण भइरहेको पनि जानकारी दिए । यस केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले ‘मेरो डक्टर’ एप डाउनलोड गर्न सकिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया