टेस्लाका क्यामेराले चालकको सचेतता अनुगमन गर्ने
अमेरिका ।
विद्युतीय कार निर्माता टेस्लाका कारमा रहेका क्यामेराहरुले चालकको अवस्थाको अनुगमन गर्ने भएको छ । टेस्ला कारमा अपडेट हुनलागेको नयााँ सफ्टवेयरमा यो फिचर समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।
यात्राको क्रममा अटो पाइलट सक्रिय पार्दा कारको आन्तरिक क्यामेराहरुले चालकको सचेतता अनुगमन गर्नेछ । यो एउटा स्वतः चालित हुने (सेल्फ ड्राइभिङ फिचर’ सुविधा हो । तर यो फिचर प्रयोग गर्दा चालकहरुले जतिखेर पनि ध्यान दिएको हुनुपर्छ । तर मानिसलाई सहजै मूर्ख बनाएको भन्दै यो फिचरको आलोचना पनि भइरहेको छ ।
प्रयोगकर्ताले सहयोग लिने फिचर सक्रिय बनाउन सक्छन् र ड्राइभर सिट छोडेर अन्यत्र बस्न सक्छन् भने भिडियो आफैँले गाडी चलाउँछ । तर नयाँ फिचरले भने ड्राइभर कुन अवस्थामा छ भन्नेसमेतको अनुगमन गर्छ । ड्राइभरको हात यही माथि छ भन्नका लागि टेस्लाका कारहरु ह्यान्डिलको सेन्सरमा निर्भर छन् ।
केही अन्य कार उत्पादकले भने आन्तरिक सेन्सर प्रयोग गरेका छन् । यसले ड्राइभरको आँखा कहाँ छ भन्ने अनुगमन गर्छ । यसको मतलब गाडी आफैँ स्लो हुन वा स्वतः चल्ने फिचरमा सक्रिय हुनका लागि हो । ड्राइभरले मोबाइल फोनमा हेर्न थाल्यो भने यी सेन्सरले काम गर्छन् ।
टेस्ला कारको नयाँ सफ्टवेयर भने कारको रियरभ्यु (पछाडि हेर्ने) ऐनामाथि क्यामरा हुनेछ र यसले त्यही किसिमको काम गर्नेछ । यसले ड्राइभर सतर्क नभएकोा अवस्थामा अटो पाइलट इन्गेज हुँदा चेतावनी दिन्छ ।
पछिल्लो समय ज्यानै जाने गरी टेक्सासमा दुर्घटना भएपछि टेस्लाले सफ्टवेयर अपडेटको तयारी गरेको हो । उक्त दुर्घटनाको बेला चालकको सिटमा कोही पनि नभएको प्रहरीले बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया