श्रीलंकामा तेल भरिभराउ जहाज डुब्दा वातावरणीय दुर्घटनाको डर
कोलम्बो ।
श्रीलंकाली समुद्री तटमा एउटा तेल भरिभराउ कार्गो पानीजहाज डुबिरहेको छ । यसले वातावरणीय दुर्घटना निम्त्याउने चिन्ता बढेको एजेन्सीहरुले जनाएका छन् ।
बीबीसीका अनुसार सिंगापुरमा दर्ता भएको एक्स–प्रेस पर्ल नामक जहाज विगत दुई हप्तायता जलिरहेको थियो । यदि यो जहाज डुब्यो भने त्यसको इन्धन ट्यांकीमा रहेको सयौँ टन तेल समुद्रमा चुहावट हुनसक्नेछ ।
केही दिनयता श्रीलंकाली र भारतीय जलसेनाले आगो निभाउने प्रयास गरिरहेका थिए । उनीहरुले जहाजलाई भाँच्चिन र डुब्नबाट जोगाउने हरसम्भव प्रयास गरे । तर मनसुनी हुरीबतास र समुद्री अवस्थाले उक्त काम प्रभावकारी हुनसकेन । कोलम्बोको बन्दरगाह बाहिर यो दुर्घटना भएको हो ।
‘यो जहाज डुबिरहेको छ । यसलाई डुब्नुअघि नै गहिरो समुद्रमा तान्ने प्रयास जारी छ ता कि समुद्रमा यसले प्रदूषण नगरोस् तर जहाजको पछिल्लो भाग वहावमा डुबिसकेको छ’, श्रीलंकाली जलसेनाका प्रवक्ता क्याप्टेन इन्डिका सिल्भाले भनिन् । वातावरणविद् डा. अजन्था पेरेराले जहाज डुब्दा वातावरणीय अवस्था बिग्रिने बताइन् ।
‘खतरनाक वस्तुहरु, निट्रिक एसिड र सबै अन्य यी वस्तुहरु तथा जहाजमा रहेको तेलसँगै यो डुब्दा समुद्रको पिँधमा आधारभूत रुपमै यसले नष्ट गर्छ’, उनले भनिन् । डाइभरहरुलाई जहाज तान्नुअघि यसको अवस्था बुझ्न पठाएको भए राम्रो हुने उनको सुझाव थियो । ‘हाम्रो पानीमा अहिले वातावरणीय मुद्दाहरु रहिरहनेछन्’, उनले भनिन् । केही दिनयता नेगोम्बो सहरको नजिकै किनारमा तेल र जहाजका टुक्राहरु तैरिन थालेको देखिएका छन् ।
यता श्रीलंकाको मत्स्य मन्त्रालयले आकस्मिक कदमहरु चालिएको बताएको छ । उक्त क्षेत्रमा माछा मार्ने काममा पनि रोक लगाइएको छ । श्रीलंकाली अधिकारीहरुले जहाजमा आगलागी हुनुमा निट्रिक एसिड मुख्य कारण रहेको बताएका छन् । यसबारे क्रु मेम्बरलाई मे ११ यता सचेत रहन भनिएको थियो ।
उक्त जहाजले २५ टन एसिड बोकेको थियो । उक्त एसिड मल उत्पादन र विष्फोटक पदार्थ उत्पादनमा प्रयोग हुन्छ । यो जहाजको स्वामित्व रहेको कम्पनी एक्स–प्रेस शिपिङले क्रु मेम्बरलाई एसिड चुहावट हुनसक्ने चेताएको थियो । तर कतार र भारतले आगलागी अघि जहाजलाई छोड्न नदिएको बताइएको छ ।
दुई देशले अनुमति नदिएपछि श्रीलंकाले उक्त जहाजलाई आफ्नो जलक्षेत्रमा प्रवेश दिएको थियो । अधिकारीहरुले जहाजका क्याप्टेनविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । क्याप्टेनसहित क्रु मेम्बरलाई गत हप्ता उद्धार गरिएको थियो ।
श्रीलंकाली प्रहरीले मंगलबार क्याप्टेन र जहाजका इन्जिनियरहरुलाई १४ घण्टासम्म प्रश्न सोधेका थिए । एक अदालतले जहाजका क्याप्टेनसहितका व्यक्तिलाई देश नछोड्न आदेश दिएको छ । यो जहाज १८६ मिटर लामो छ । मे १५ मा भारतीय हजिरा बन्दरगाहबाट १४ सय ८६ कन्टेनर बोकेर हिँडेको थियो । त्यसमा निट्रिक एसिडसहितको धेरै अन्य केमिकल र कस्मेटिकको कार्गो रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया