६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलालाई कोरोना
काठमाडौं ।
नेपालमा ६१ दशमलव १२ प्रतिशत पुरुष र करिब ३९ प्रतिशत अर्थात् ३८ दशमलव ८८ प्रतिशत महिलामा कोरोना संक्रमण भएको छ । पुरुषको तुलनामा धेरै कम मात्र महिलालाई कोरोना देखिएको सरकारी तथ्यांकले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार कुल संक्रमितमध्ये तीन लाख ५९ हजार चार सय ३९ जना पुरुष र दुई लाख २८ हजार छ सय ८५ महिला गरी पाँच लाख ८८ हजार एक सय २४ जनामा कोरोना देखिएको पुष्टि भएको छ ।
उक्त संख्यामध्ये चार लाख ९१ हजार नौ जना निको भएका छन् भने ९७ हजार एक सय १५ जना अझै सक्रिय संक्रमित छन् । आइतबार गरिएको परीक्षणमा तीन हजार चार सय ७९ जनामा कोरोना देखिएको छ भने सोही दिन छ हजार छ सय ३६ जनालाई कोरोना निको भएको छ । आइतबार कोरोनाबाट देशभर ९९ जनाको मृत्यु भएको छ । आइतबारसम्म देशभर कोरोनाबाट सात हजार आठ सय ९८ जनाको मृत्यु भइसकेको छ । आइतबार दश हजार चार सय ७१ जनाको पीसीआर विधिबाट र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
आइतबारको तथ्यांकअनुसार कोरोना निको हुनेको दर ८३ दशमलव ५ प्रतिशत देखिएको छ । यद्यपि सरकारले पहिलो पटक कोरोना पोजेटिभ देखिएको ११ दिनपछि उक्त बिरामीले परीक्षण नगरे पनि निको भएको मानेर निको हुनेको संख्या घोषणा गर्ने गरेको छ । तर, सबैलाई ११ दिनमा कोरोनाको रिपोर्ट नेगेटिभ आउँदैन । तर, पनि स्वास्थ्य मन्त्रालयले पोजिटिभ देखिएको ११ दिनपछि पुनः परीक्षण गर्न नपर्ने बताउँदै आएको छ ।
आइतबारसम्म कोरोनाबाट ६० वर्षभन्दा माथिका चार हजार दुई सय १६ जना ५० देखि ५९ वर्षका एक हजार पाँच सय ६४ जना, ४० देखि ४९ उमेर समूहका एक हजार एक सय ६१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका छ सय ५९ जना, २० देखि २९ वर्ष उमेर समूहका दुई सय २६ जना, १० देखि १९ वर्ष उमेर समूहका ३७ जना र नौं वर्षसम्मका ३५ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
आइतबारसम्म पनि नेपालका काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यसमा पनि काठमाडौं जिल्लामा सबैभन्दा धेरै छन् । आइतबार काठमाडौं जिल्लामा सात सय ३१ जनामा कोरोना पुष्टि भएको थियो । आइतबारसम्म काठमाडौंमा १२ हजार छ सय ७२ जना, भक्तपुरमा तीन हजार आठ सय १२ जना र ललितपुरमा चार हजार नौ सय ४३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
परीक्षण गरिएकोमध्ये पीसीआर विधिबाट परीक्षण गरिएकोमध्ये १८ दशमलव सात प्रतिशतमा कोरोना पुष्टि भएको छ । संक्रमितको संख्यामा कमी आए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । दैनिक सरदर एक सयभन्दा बढीको मृत्यु भइरहेको देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया