राजस्व छली गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङका सञ्चालकविरुद्ध मुद्दा दायर
काठमाडौं ।
राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा विभागले प्रिज्म एग्रो कमोडिटिज काठमाडौँका सञ्चालक विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध एक करोड दुई लाख ६० हजार बिगो, जरिबाना र कैद सजाय माग गर्दै सोमबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जमा मुद्दा दर्ता गरेको हो ।
विभागका अनुसार कम्पनीका सञ्चालकहरूले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको देखिएको छ । उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी एक करोड दुई लाख साठी हजार राजस्व चुहावट गरेको विभागको भनाइ छ । विभागले सोही ऐनको दफा २३ को उपदफा (१) र २३(१)(ख) बमोजिम सजाय गर्न तथा दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल गरी बरामद भएको मालवस्तु दफा ३३(१) बमोजिम जफत गर्न समेत माग गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया