युरोपको औद्योगिक उत्पादन सोचेभन्दा बलियो
ब्रसेल्स ।
युरो जोनको औद्योगिक उत्पादन अप्रिलमा सोचेभन्दा बलियो देखिएको छ । कोरोना महामारी रोक्न लगाइएको लकडाउनपछि अर्थतन्त्र खुल्न थालेसँगै उपभोग्य वस्तुको माग बढ्दा औद्योगिक क्षेत्रको उत्पादन बलियो देखिएको सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ ।
युरोपेली संघको तथ्यांक कार्यालय युरोस्ट्याटले १९ देश सम्मिलित संघको औद्योगिक उत्पादन शून्य दशमलव आठ प्रतिशतले वृद्धि भएको देखाएको छ । यो महिनागत तुलना हो । वर्षगत तुलनामा भने यो ३९.३ प्रतिशतले वृद्धि हो ।
मार्च महिनाकोा तुलनामा उपभोग्य वस्तुको उत्पादन अप्रिलमा राम्रै बढेको थियो । उक्त अवधिमा १.२ प्रतिशतबाट ३.४ प्रतिशतले बढेको बताइएको छ । फेब्रुअरी र मार्च महिनामा भने शून्यप्रायः थियो । वर्षगत तुलनामा मार्चमा ३४.५ प्रतिशतले बढेको उत्पादन त्यसपछि ११७.३ प्रतिशतले बढेको थियो । त्यस्तै क्यापिटल गुड्स पनि ६५.४ प्रतिशत पुगेको थियो । यो ३८.७ प्रतिशतबाट बढेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया