काठमाडौं ।
राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिले कोभिड–१९ को असरको हालसम्मको अवधिमा राजस्व संकलनमा प्रत्यक्ष असर परेको देखिए पनि समग्रमा राजस्व संकलन सन्तोषजनक नै रहेको जनाएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षता सोमबार बसेको समितिको बैठकले कोभिड–१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने, राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने निर्णय समेत गरेको छ ।
राजस्व संकलनलाई परिणाममुखी बनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर्निकाय समन्वयमा जोड दिने, जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिसमक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने लगायतका निर्णय गरिएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।
उक्त बैठकमा समितिका सदस्यहरु भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, सशस्त्र प्रहरी बलका नायब–महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, विभागका उपमहानिर्देशकलगायतका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो । बैठकमा विभागका उपमहानिर्देशक शिवलाल तिवारीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमा राजस्व चुहावट जोखिमका क्षेत्रहरु, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौतीहरु र अपनाउनुपर्ने रणनीतिहरु, कोभिड–१९ र यसले राजस्व संकलनमा पारेका असरहरु समेटिएको थियो । कार्यपत्रमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णयहरु र कार्यान्वयनको अवस्था साथै जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा समेत छलफल गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया