युनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ग्रेड (५३ ग्रेड) को गुणस्तर प्रमाणपत्र
काठमाडौं ।
युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘युनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो ।
यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । नेपालमा मात्र नभई विदेशका ठूला–ठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी, आफैँ क्लिङ्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत छ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया