काठमाडौं ।
उपत्यकामा हुने सवारीसाधन चोरीका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै यस अवधिमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल मंगलबार एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर रहेका छन् ।
एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएको र अन्य मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।
चोरको आँखामा एनएस पल्सर : पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् । विशेष गरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरू चोरी गर्नेगरेको देखिन्छ । युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुनेगरेको महाशाखाको बुझाइ रहेको छ ।
विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगी नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए । यसरी हराएकामध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुनेगरेको ट्राफिक महाशाखाको तथ्यांकबाट देखिएको समेत उनले जानकारी दिए । यस आर्थिक वर्षमा मात्रै हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया