सुनचाँदी खरिदको नाममा ठगी गर्ने आमा–छोरा पक्राउ !
जनकपुरधाम,माघ ७
धनुषाको विभिन्न सुनचाँदी पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहानामा ठगिएको आरोपमा आमा छोरालाई इलाका प्रहरी कार्यालय यदुकूहाले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नं ७ स्थित तारापट्टी बस्ने अन्दाजी ४० वर्षीय उषा देवी चौधरी र उनकी १९ वर्षीय छोरा सोनु कुमार चौधरी रहेका छन् । उनीहरू धनुषाको यदुकूहामा रहेका अमन ज्वेलर्स र नगराई नगरपालिका २ का संजय ज्वेलर्सबाट उधारोको बहानामा सुनचाँदी ठगिएको आरोपमा पक्राउ परेका हुन् । विभिन्न सुन पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहाना बनाई पसल सञ्चालकहरुलाई झुक्याएर विश्वासमा पारी सम्पर्क नम्बर छाडी उधारो लिएर लामो समयसम्म सम्पर्कविहीन भएपछि ज्वेलर्सका सञ्चालक आफू ठगिएको महसुस भएपछि उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय यदुकूहामा किटानी जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी निरीक्षक (इन्चार्ज) दिपक बाबु केसीले बताए ।
पीडित पसल संचालकले दिएको सम्पर्क नम्बर, हुलिया र सिसिटिभी फुटेजको आधारमा प्रहरीले तत्कालै खोजी कार्यमा तीव्रता दिदा उनीहरूलाई धनुषाको तारापट्टीका आफ्नै घरमा बसिरहेका अवस्थामा पक्राउ गरी ल्याएको इन्चार्ज केसीले बताए । पक्राउ परेका उषा देवी चौधरीले विभिन्न सुनचाँदी पसलमा गई नजिकै नाम चलेका प्रतिष्ठित व्यक्तिको श्रीमती हुँ भन्दै छोराछोरीको विवाह लगायतका बहाना बनाई सुनचाँदी गहना उधारोमा लिने गरेकी बताइएको छ । उनीहरूले अमन र ज्वेलर्स र संजय ज्वेलर्सबाट करिब १ लाख ३९ हजार बराबरको सुनचाँदीको गहना ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अभियुक्त घरबाट मंगलसुत्र एक थान,सुनको कानमा लगाउने टप दुईवटा, नाकमा लगाउने सुनको टुकी एउटा, चाँदीको पाउजु दुईवटा र हातमा लगाउने चाँदीको ब्रास्लेट दुईवटा बरामद भएको हो । उनीहरूमाथि ठगी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको यदुकूहाका इन्चार्ज केसीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया