सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग
काठमाडौं । सूर्य नेपाल प्रालिले स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग गरेको छ । कम्पनीले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमशः ३० लाख र २० लाख गरी ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सोमबार एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको हो । कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रालिले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए । कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।
कम्पनीले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँ तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाइँमा सहयोग पु-याउन एक–एक करोड रकम प्रदान गरेको थियो । यस्तै कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया