बेइजिङमा ९० प्रतिशत बढी वयष्कलाई कोभिडविरूद्धको खोप दिइयो
चीन । चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरूद्धको दुवै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारीअनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी वयष्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो संख्या बेइजिङको वयष्क नागरिकको जनसंख्याको ९०.६ प्रतिशत हो ।
नगरपालिका प्रशासनले भनेको छ, ‘चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो संख्या वयष्क संख्याको ९५.६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी वयष्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ ।’ बेइजिङमा मंगलबारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ विरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया