देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्न सुझाव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री देउवासँग गरेको भेटमा उनले नयाँ खुल्न लागेको नेपाल सहकारी बैंकले देशभरका सहकारीलाई समेटन् आवश्यक रहेको बताए । उक्त सहकारी बैंक स्थापना गर्नलाई सरकारले आवश्यक सहजीकरण गर्ने समेत उनले बताए ।
विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा प्रधानमन्त्री भेट्न पुगेको टोलीले नयाँ सहकारी बैंक खोल्न आवश्यक प्रक्रिया थालेको जानकारी गराएको थियो ।
विभागका सचिव सुरेन्द्र भण्डारीले ‘नेपाल सहकारी बैंक’ खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए । ‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो’, प्रम देउवाले राखेको धारणाबारे जानकारी दिँदै सचिव भण्डारीले भने, ‘सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ ।’
साथै प्रम देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको काम, भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराएका थिए । विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । विभागका प्रमुख एवं केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए ।
नेपाल सहकारी बैंक स्थापना गर्न विभागका सचिव भण्डारी संयोजकत्वमा सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउने भण्डारीले बताए । उनका अनुसार बैंक सञ्चालन गर्न राष्ट्रिय भेला समेत सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया