१.२ शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक
काठमाडौं । फोर्ड नेपालले ६ स्पिड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ ।
ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनीसहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो शृंखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ भेरियन्ट ६ स्पिड, टर्क संपरिवर्तकसहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन् । जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन जसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्त बीएस ६ सँग जोडिएको छ । २०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियम प्लस भेरियन्टमा उपलब्ध छ ।
टाइटेनियममा १५ इन्च आल्मुनियम र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडसेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।
यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।
कम्पनीको अनुसार नयाँ फिगो डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्भर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरूमा उपलब्ध छ । उन्नत संस्करणमा फोर्ड फिगो मारुती सुजुकी, ह्युन्डाइ ग्राण्ड आई १० एनआईओएस, हुन्डाई आई २० र फक्सवागन पोलो ह्याचब्याकको प्रतिस्पर्धीको रुपमा बजारमा उतारिएको छ ।
फोर्ड फिगो स्वामित्वको मूल्यमा तीन वर्ष वा एक लाख किलोमिटर स्टान्डर्ड वारेन्टी, अन्य प्रतिस्पर्धीको पाँच हजार किलोमिटरको अन्तराल सर्भिस रहनेमा फोर्ड फिगोको १० हजार किलोमिटर लामो अन्तराल सर्भिस रहेको छ ।
नयाँ फिगो अधिक सुरक्षा सुविधा र छ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए)का साथ उपलब्ध छ । साथै कम्पनीले नयाँ फोर्ड फिगो ग्राहकको सुविधालाई एकदमै प्राथमिकतामा राखेर १ लाख किलोमिटर, तीन वर्षे वारेन्टी र न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध गराएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया